Pages

2011/04/10

पत्रकारलाई फेसबुकको कोसेली

फेसबुकले मिडिया स्रोत पृष्ठ सुरु गरेको छ । पत्रकारहरूलाई रिपोर्टिक साधनका रूपमा प्रयोग गर्न र पाठकसँग राम्रो सम्बन्ध स्थापित गर्न यो पृष्ठ सुरु गरिएको हो ।

पृष्ठले फेसबुक प्रयोग गर्ने रिपोर्टरहरूको संख्या वृद्धि भएको अवस्थामा ‘जर्नालिस्ट अन फेसबुक’ ले स्रोत पत्ता लगाउन, पाठकसँगको अन्तत्र्रिmया र उत्कृष्ट समाचारको लक्ष्य लिएको फेसबुकको मिडिया साझेदार निर्देशक जस्टिन ओसोफ्स्कीले ब्लगमा उल्लेख गरेका छन् ।

“यो पृष्ठले पत्रकारहरूलाई आफ्नो काम र ५० करोडभन्दा बढी फेसबुक पाठकसँगको सम्बन्धबाट ताजा फेसबुक सामग्री एकत्रित गर्न सहयोग गर्छ,” जस्टिनले भने ।

पत्रकारबाट प्रस्तुत गरिने सामग्रीलाई बढी सामाजिक बनाउन फेसबुकले पत्रकारहरूसँग २०१० को सुरुदेखि काम गरिरहेको छ । जस्टिनका अनुसार सरदर मिडिया संगठनहरूले त्यसयता फेसबुक ट्राफिक ३ सय प्रतिशतले वृद्धि भएको बताएका छन् ।

फेसबुकले यो सामाजिक सञ्जाललाई रिपोर्टिङ साधनको रूपमा कसरी प्रयोग गर्ने भन्ने वर्कसपसहित ‘फेसबुक जर्नालिज्म मिटअप’ कार्यक्रम ल्याउने पनि बताएको छ ।

कम्पनीले पहिलो वर्कसप कार्यक्रम अप्रिल २७ मा फेसबुकको मुख्यालय पाउलो अल्टो क्यालिफोर्नियामा आयोजना गर्ने जानकारी दिएको छ ।

कार्यक्रम सञ्चालनमा आएको घन्टा अवधिमा फेसबुकमा झन्डै २ हजार ३ सयले मन पराएका छन् । यो समाचार तयार पार्द सम्म ३२ हजार २ सय १८ जनाले यसलाई मन पराएका छन् । तपाई पनि यसमा प्रवेश गर्न चाहानुहुन्छ भने यो लिङमा http://www.facebook.com/journalist क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment