2011/04/25

क्रेजी काठमाडौं

राजधानी काठमाडौं । यो उपत्यका खाल्टो काभ्रेलीका लागि पानी पधेरो भएको छ । सिमाना जोडिएको जिल्ला काठमाडौसँग काभ्रेलीको हरेक कुरा जोडिएर आउछन् । अध्ययन, व्यापार, व्यवसाय, घुमघाम, बसाइसराईलगायत सुनौलो भविश्यको कल्पना गर्दै दिनहुँ हजारौ काभ्रेली काठमाडौ छिदैछन् ।


सबै ‘मिसन आ–आप्mनै बोकर काठमाडौको भिडमा मिसिन्छन् । करिब छ बर्ष यो लेखक पनि काधमा झोला भिरेर काभ्रेको एउटा कुनाबाट काठमाडौतिर हानिएको थिए । झोलामा थियो त घरको कोसेली चामल र गदु्रक र आप्mनो सम्पति (एसएलसीको सर्टीफिकेट) । अमूर्त उदेश्य ‘ठुलो मान्छे बन्ने’ ।

दाप्चाको डाडैडाडा, नमोबुद्व, धुलिखेल देवीथानको हुदै धुलिखेलबाट १२ नं रुटको बसवाट मेरो यात्रा र संघर्ष दुवै एकसाथ सुरु भएका थिए । आज ६ वर्षपछि आफुले आफैलाई हेर्दा म कहा छु म आफैलाई थाहा छैन, शायद मेरा सपना यो राजधानीको भिडमा हरायो कि ?

यो भिडमा थुप्रै काभ्रेलीले आफ्नो अस्तित्व बनाएका छन् । व्यापारका व्यवसायका लागि धुलीखेलका नेवार समुदाय धेरै ठाउँमा प्रख्यात छन् । यो समुदाय काठमाण्डौमा त नआईपुग्ने कुरै भएन । ‘म’ एउटा प्रतिनिधि पात्र मात्र हुँ । यस्ता हजारौ काभ्रेली अनुहार हरेक वर्ष यो भिडमा थपिन्छन् । कयौ अनुहारहरू विलाउँदा पनि होलान् । काठमाडौदेखी दिक्क लागेर घरतीर र्फकदा होलान् या त विदेशतिर हान्निदा पनि होलान् । तर, धेरै काभ्रेली काठमाडौंको यही भिडमा संघर्ष गरीरहेका छन् । कोही चम्किरहेका छन् त कोहि चम्कदै पनि । जसले देशसगै काभ्रेको शिर ठाडो गराएका छन् ।

कुन क्षेत्रमा पुगेका छैनन् होला काभ्रेली ?? नेपालको राजनीतिक, प्रशासनिक, कलाकारिता, व्यापार, ड्राइभिङ जस्ता क्षेत्रमा काभ्रली समुदायको सग्लङनता बढ्दो छ । प्रशासनीक क्षेत्र, प्रहरी प्रशासन, बैकिङ ब्यवसायमार्फत आप्mनै गाउँघरको सेवा गर्न आएका यी डाक्टरको काम काभ्रेलीका लागि अनुकरणीय छ । त्यस्तै बैकिङ सेवाका माध्यमबाट काभ्रलीमाझ अर्का चर्चित ब्यक्तित्व हुन्– सिवि लामा । उनी काभ्रेलीका गौरव हुन् । त्यस्तै राजधानीका विभिन्न ब्यापार ब्यवसायमा काभ्रेलीको संङ्लङनता छ । ठुलाठुला ब्यापार देखी स–साना नाङले पसलसम्म काभ्रेलीको सग्लङनता छ ।

काभे्रका यस्ता धेरै व्यक्तित्व छन् जो गर्व गर्न लायक छन् । जो आ–आफ्नै क्षेत्रमार्फत देश समाजको सेवा गर्न तल्लीन छन् । आप्mनै व्यापारमा लागेका काभ्रली पनि विभिन्न सामाजीक सस्थामार्फत आप्mनो क्षेत्रको विकास गरेका उदाहरणहरू प्रशस्तै छन् । काभ्रे कल्लाणकारी समाज जस्ता सस्था जो हातेमालोको माध्यमबाट आप्mनो क्षेत्रमा विकासको लागि प्रयासरत छन् । तर केही युवाहरू बाटो विराउँन पनि पुगेका छन् त्यसैला धेरै पटक राजधानीका अपराधमा काभ्रेली युवाहरूको नाम जोडीने गर्दछ ।
कन्द्रिकीत शासन प्रणालीले गर्दा सानो कामका लागि पनि काठमाडौ धाउँनुपर्ने हाम्रो बाध्यता हो । शिक्षा, स्वास्थ्य, रोजगारी खोजीमा काठमाण्डौ नै धाउँनुपर्नै बाध्यता छ ।

तर, समय विस्तारै परिवर्तन हुदैछ । जव नेपाल चीन जोड्ने अरनीको राजमार्र्ग खुल्यो, तब काभ्रेमा विकासको ढोका विस्तारै खुल्न थाल्यो । अहिले निर्माणधीन विपि राजमार्गले काभ्रको विकासमा थप इटा थप्ने छ । काभ्रेका बनेपा, धुलीखेल, पाँचखाल, सहरहरू विस्तारै आर्थीक उन्नतितर्फ लम्कदै छन् । अब काभ्रेका पौरखी हातहरूले उत्पादन गरेका बस्तुको वजार खोज्न समस्या छैन ।

उच्च शिक्षा या त रोजगारीका लागि काठमाडौ धाउँनुपर्ने बाध्यता हट्दै गएको छ । अघिल्लो पुस्ताले गरेको संघर्ष आर्थिक प्रगतीका लागि हो । अव कोही पनि पुरानो अवस्थामा चित्त बुझाएर बस्न तयार छैन । तर कुरा के हो भने अवको आवश्यक्ता स्वाधिन अर्थतन्त्र हो । अव स्थानीय स्तरमा प्रगतीको ढोका खोल्न सम्भव छ । तर यो काठमाडौंले क्रेजी बनाउँदैछ मलाई । काठमाडौं छोड्नका लागि गाह्रो हुदैछ । चुम्बकले तानेर राखेजस्तै राख्दैछ ।
सुनकोसी साप्ताहिकको ‘युथ कर्नर’ स्तम्भमा वैशाख ६ गते (१९ April ) मा प्रकाशीत

No comments:

Post a Comment