Pages

2013/11/03

नेपालको पत्रकारितामा चर्चित ‘आलु पत्रकारिता’ काण्ड

तितो सत्य स्विकार गर्नपर्छ, नेपालको पत्रकारिताको स्तर खस्किदै गएको छ । एउटै कारण–साभार पत्रकारिता । हिजो विदेशी समाचार ट्रान्सलेट गर्ने अनि आफ्नो वाइलाइन हालेर अन्तिममा एजेन्सीको सहयोगमा लेख्नेको विगविगी थियो । आजकल त स्थानीय समाचार नै कपि एण्ड पेष्ट हुन्छ । त्यो पनि स्रोत समेत नखुलाइनकन । कपिराइटको मुद्दा दह्रो नभएको अवस्थामा यो प्रवृत्तिले पत्रकारलाई अल्छि बनाएको छ नै पत्रकारिताको स्तर नै खस्काएको छ ।

यो अवस्थामा आम पाठक भने सचेत भएका छन् । सामाजिक मिडियाको बढ्दो प्रभावले समाचार र सूचनाका लागि आमसंचारकै भर पर्नुपर्ने अवस्था छैन । फेरी आमसंचारमाध्यमको गतिविधि पनि आम पाठक, दर्शक स्रोताहरुले नजिकबाट नियालीरहेका छन् । पाठककै सचेतनाका कारण एक युवा पत्रकार पत्रकारिताबाटै पलायन हुनुपरेको एउटा चर्चित घटना ‘आलु पत्रकारिता काण्ड’ ।

आठ तस्विरमा हेर्नुहोस् अनि यससँग जोडिएका थप प्रशंग थाहा भएका थप्नुहोला ।