२०४६ सालमा प्रजातन्त्रको उदयसँगै नेपालमा विकास भएको एउटा मुख्य क्षेत्र आमसंचारमाध्यम पनि एक हो । २०६२\०६३ को जनआन्दोलन, त्यसपछि संघिय व्यवस्थाको कार्यान्वय, राजनीतिक स्थायित्व संकेतले पनि संचारमाध्यमको तिव्र विकास भइरहेको छ । संघिय राजधानीका साथै प्रदेश राजधानी र स्थानीय तह केन्द्रीत भई आमसंचारमाध्यम संचालन गर्ने क्रम बढिरहेको छ । राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म पत्रपत्रिकाका साथै टेलिभिजन, एफएम रेडियो र अनलाईन संचारमाध्यमहरु ब्ढिरहेका छन् । संचारमाध्यम र व्यवसायीक पत्रकारिताको विकासको साथसाथै यस क्षेत्रमा देखिएको अर्को सकारात्मक पाटो हो कुनै विषयमा केन्द्रीत रहि विशिष्टकृत पत्रकारिता र विशिष्टकृत संचारमाध्यमको विकास । राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म विशिष्टकृत संचारमाध्यमसँगै विट रिपोर्टिङका रुपमा विशिष्टकृत पत्रकारिताको प्रचलन पनि बढिरहेको छ । यहि विशिष्टकृत पत्रकारिता सहकारीलाई क्षेत्रलाई आधार बनाएर पनि विकास हुन थालेको छ । सहकारी क्षेत्रमा मात्र केन्द्रीत रहि संचारमाध्यम स्थापना गर्ने र सहकारी विषयलाई बिट बनाएर बिशिष्टकृत पत्रकारितातर्फ समेत आकर्षण बढिरहेको अवस्था छ ।
नेपालमा २०१३ सालबाट सहकारीको सुरु भएपनि २०४७ सालमा भएको राजनीतिक परिवर्तनपछि सुरु भएको उदारवादी अर्थ व्यवस्थामा सहकारी क्षेत्रले पनि स्वतन्त्र हुने अवसर पायो । बचत ऋणका साथसाथै कृषि, उपभोक्ता, स्वास्थ्य, शिक्षा, स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा समेत सहकारीमार्फत काम भइरहेको छ । संघिय संविधानमा सहकारीलाई सार्वजनिक र निजीसँगै आर्थिक आधारको रुपमा स्विकार गरिएको छ । यसैगरी सहकारी दर्ता र नियमनको अधिकार स्थानीय सरकारसम्म प्रदान गरिएकाले प्रत्येक तहमा सहकारी संस्था आर्थिक तथा सामाजिक विकासका बलियो आधार बन्ने सम्भावना देखिएको छ ।
हाल दर्ता भएका ३४ हजार ५१२ सहकारीमा ६३ लाख सर्वसाधारण आवद्ध छन् । सहकारीले देशको कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत र वित्तीय पहुँच विस्तारमा २० प्रतिशत भन्दा बढी योगदान पुर्याएको तथ्यांक छ । यसैगरी सहकारीमार्फत अवौं आर्थिक कारोबार समेत भइरहेको छ । यति धेरै पहुँच बनाइसकेको सहकारी क्षेत्रका संचारमाध्यम र पत्रकारका लागि शसक्त र प्रभावकारी विट हो ।
वर्तमान अवस्था
अहिले रेडियो नेपालसहित अधिकांश एफएम रेडियोहरुमा सहकारी कार्यक्रम संचालन भएको छ । स्थानीयस्तरका पनि एफ एम रेडियोहरुले सहकारी कार्यक्रम संचालन गरेका छन् । तर, एफ एम रेडियोका मुख्य समाचार बुलेटीनहरुमा भने प्राथमिकता नपाएको देखिन्छ ।
राष्ट्रियस्तरमा आधा दर्जन सहकारी मासिक, सहकारीलाई प्राथमिकता दिएका केही पाक्षिक र साप्ताहिक, केही प्राथमिकता दिएका आर्थिक दैनिक पत्रिका तर ठुला मुलधारका दैनिकमा भने न्यून समाचार आउने गरेका छन् । संचारमाध्यममा पनि सहकारीका सकारात्मक काम भन्दा पनि नकारात्मक घटनाले बढी प्राथमिकता पाउने गरेको अवस्था छ । यसैगरी टेलिभिजनमा सहकारीसम्बन्धी एकाध कार्यक्रम छन् । पैसा लिएर प्रशारण हुने एडर्भोटेरियल प्रकारको कार्यक्रममा सहकारीबारे प्रशारण भएपनि समाचार बुलेटिनहरुमा भने प्राथमिकता कम पाएको अवस्था छ । यसैगरी पछिल्लो समयमा विकास भएको अनलाईन संचारमाध्यममा भने तुलनात्मक रुपमा सहकारी विषयले प्राथमिकता पाएको छ । सहकारी विषयलाई नै प्राथमिता दिएर सहकारी खबर जस्ता अनलाईनहरु संचालनमा आएका छन् ।
केही आर्थिक पत्रपत्रिका बाहेक अझै अधिकांश संचारमाध्यममा सहकारीको रिपोटिङका लागि छुट्टै पत्रकार राखेको अवस्था छैन । आर्थिक क्षेत्रकै बैकिङ, कृषि या अन्य विट गरिरहेको पत्रकारलाई सहकारीको जिम्मेवारी दिएको अवस्था छ । सहकारीका समाचार प्रकाशन÷प्रसारणमा कम प्राथमिकता भएकाले पनि पत्रकारहरु सहकारीका समाचार रिपोर्टिङमा त्यति उत्साहित नभएको यर्थातता हामीसामु छ ।
अब के गर्ने ?
सहकारी बिटलाई शसक्त र प्रभावकारी बनाउनका लागि सहकारीको नियामक तथा प्रवद्र्धन गर्ने निकाय, सहकारीका संघहरु र नेपाल सहकारी पत्रकार समाजलगायत सरोकारवालाको भूमिका शसक्त बनाउन जरुरी छ ।
सहकारी क्षेत्रको प्रवद्र्धनका लागि संचारकर्मीको पहुँच हुनेगरी सहकारीको व्यवस्थित तथ्यांक राख्नुपर्ने अवस्था छ । अहिलेसम्म नेपालका सहकारीले कहाँ के गरेका छन् भन्ने विषय स्पष्ट रुपमा आउन सकेको छैन । सहकारीको दर्ता तथा अनुगमन गर्ने निकाय सहकारी विभागले सहकारी क्षेत्रको योगदानको तथ्यांक बाहिर ल्याउन सकेको छैन । सहहकारीबारे अध्ययन, अनुसन्धान, विश्लेषणलगायत प्राज्ञिक कार्य आवश्यक छ भने व्यवस्थित सुचना प्रणाली पनि आवश्यक रहेको देखिन्छ ।
नेपाली संचारमाध्यममा सहकारी विषयले महत्व पाउन थालेको धेरै समय भएको छैन । विषेश गरी जनआन्दोलन–२ को सफलतापछि सुरु भएका आर्थिक विषयवस्तुमा आधारित संचारमाध्यमको दवदवाका कारण मुलधारका अन्य आम संचारमाध्यमले सहकारीलाई समेट्न थालेको हो । अन्तरिम संविधानमा नै सहकारीलाई अर्थतन्त्रको आधारस्तम्भ स्विकार गरेपछि सहकारी उचाइ अझै चुलियो । यसैकारण संचारमाध्यमले पनि सहकारीमा लागेका ठुलो जनसमुदायलाई छोड्न सकेन फलस्वरुप पछिल्लो समयमा सहकारी विषयमा संचारमाध्यममा स्थान पाउदै गयो ।
संचारमाध्यमको प्रकृती नै हो कि गलत कामलाई खबरदारी गर्ने । सोही धर्मलाई निर्वाह गर्दै गलत काम गर्ने सहकारी र तिनका संचालक विरुद्ध लेख्दा अभियानका नेताहरुको टाउको दुखाई किन ? के सहकारी नेताहरु सुधार चाहादैनन् ? उनीहरु संचारमाध्यमको आलोचनात्मक सुझाव सुनेर सुध्रन आवश्यक छैन र ।
सहकारीले गरेका राम्रा कामको बारेमा किन समाचार बन्दैन त ? संचारकर्मीको आँखाले हेर्दा सहकारीले गरेका राम्रा कामको पनि धेरै समाचार आएका छन् । तर, जुन रुपमा सहकारीकर्मीले चाहेका छन्, राम्रा कामको बारेमा पनि व्यानर न्यूज बनोस् भनेर सो स्थान पाउने हैसियतको काम सहकारीले गरेका छन् र ? फेरी सहकारी संस्थाले आफु कत्तिको पारदर्शी भएका छन त ? आफ्ना गतिविधि आमसंचारमाध्यममा पुर्याउन कत्तिको पहल गरेको छन् ? यसले पनि महत्वपूर्ण भूमिका खेल्दछ । हो, सकारात्मक कामको पनि समाचार बन्नुपर्छ । जसको कारण राम्रो काम गर्ने सहकारीलाई प्रत्साहन मिलोस् । तर संचारकर्मी आफै जादुको छडी त होइन, जसले सबै किसिमका सुचनाहरु थाहा पाओस्, उसले त जनताका सुचना आमसंचारमाध्यममा पु¥र्याउने मात्र हो । त्यसैले लुकेका समाचार बाहिर ल्याउनका लागि सम्बन्धित पक्षले पनि पहल गर्नु आवश्यक छ । सहकारीमार्फत भएका सकारात्मक कामको बजारीकरण गर्न सकेमा अहिलेको सहकारीहरुले अन्तर्राष्ट्रिय छवि बनाउन सक्छन् । यसका लागि प्रारम्भिक संस्थादेखि राष्ट्रिय संघसम्मले व्यवस्थित र योजनावद्ध तरिकाबाट अघि बढ्न जरुरी रहेको छ ।
संघियतामा प्रवेश गरेसँगै सहकारीको दर्ता र प्रवद्र्धनकारी निकाय फेरिएको छ । समूदायमा आधारित हुने सहकारी संस्थाहरु अब स्थानिय सरकारकै मातहतमा रहने हुने स्थानिय आर्थिक तथा सामाजिक विकासका सहकारीको भूमिका अझै महत्वपूर्ण रहन्छ । सहकारीले गरेका सकारात्मक कामको प्रचार र सहकारीमार्फत उत्पादित बस्तुहरुको प्रवद्र्धन गर्न सके सहकारीताको विकास र उद्यमशिलतको विकासमा समेत थप बल पुग्दछ । यस काममा सहकारी संस्थाका विषयगत जिल्लासंघ, केन्द्रीय संघ र राष्ट्रिय सहकारी महासंघका साथै नियमनकारी निकायले पनि भूमिका निर्वाह गर्न आवश्यक छ ।
सिजिएन स्मारिका २०७५ मा प्रकाशित