Pages

2011/08/11

गजल

बल गरेर यो मनलाई मोड्न सकिन
तिमीसँग लाएको माया तोड्न सकिन

जहाँ जाउ जे गरौ पलपल आउछ तिम्रै सम्झना
तिम्रो त्यो मनमा मलाई खोज्न सकिन

हरपल हरक्षण लागिरहन्छ आशा
कमजोरी म मै होला तिमीलाई जोड्न सकिन

कहाँ कता हरायौ तिमी सम्झना मात्र बाकी छ
मनभरी पिडा लिएर पनि सोध्न सकिन

बल गरेर यो मनलाई मोड्न सकिन
तिमीसँग लाएको माया तोड्न सकिन