Pages

2012/06/13

हटि होइन डटि लड्ने नेपालीको बानी हुन्छ..

आजकाल अधुरो रहेको सपनाहरु र त्यससगै बाकी रहेको केही झिना आशा र रहरसँगै  दिनहरु कटाइरहेको छु । जीवनमा सोचेअनुसार सफलता नपाएपछि मनभित्र जतिसुकै दरिलो सकारात्मक सोच राखेपनि बेलाबेलामा आफैलाई सम्हाल्न

गाउँमा जन्मिएर ‘ठुलो मान्छे’ बन्ने सपनासहित आफ्नो घर, बुबा, आमालाई छाडेर काठमाडौंको खाल्टोमा भासिएको मान्छे म । गाँउमा छउन्जेल म आफुले आफैलाई भाग्यमानी ठान्थे तर यो खाल्टोभित्र पसेसँगै कति सपना पुराभए होला कति सपना रहरै रहरमा चकनाचुर भइरहेका होलान्. ।

तर पनि जीवन त जिउनु छ नै । सकारात्मक सोचसहितका पाइला अगि बढाउदै । युद्वमा होमिएको व्यक्ति हार लिएर फर्किदैन भन्छन् । त्यसैले त भन्छन् हटि होइन डटि लड्ने नेपालीको बानी हुन्छ....

2012/05/24

Back Again...!!!


After some gap, crazy and sad things... me back to here.  With new energy.
ya indeed did write but never got a chance to post them out here..... Will post them out soon………….

2012/02/25

सुख र दुख जीवनको दुइ पाटा

form : 321paleo.blogspot.com
भन्छन नि सुख र दुख जीवनको दुइ पाटा हो रे  । त्यसैले सुखमा भएका व्यक्तिका लागि पनि दुख आउछ नै दुखमा भएकाको भोली सुखी हुन सक्छ । मान्छे दुखी हुनु त सामान्य नै रैछ । त्यसले भोलिको सुखद भविश्यको सम्भावना देखाएको हुने छ ।

साथीहरु दुखमा आत्तिएको देख्दा मलाई लाग्छ उनीहरु यो कुरा किन बुझ्दैनन  कि दुख पनि सुख अबश्य आउछ भनेर । मैले एकदम स्टोङ ठानेको मान्छे पनि कति कमजोरसँग प्रस्तुत भइरहेका छन् म सँग । उनीहरु बुझ्न किन सक्दैनन् कि लाइफमा आउने दुखलाई झेल्दा आफै स्ट्रोङ बन्न सकिन्छ भन्ने कुरा ।

जीवनको गोरेटो सिधा छैन न त सहज नै छ । यसमा हिड्दै जादा खाल्टा खुल्टी, आरोह अवरोह आउनु सामान्यो हो । त्यो त भगवानले हामीलाई टेस्ट गरेका हुन् कि यो समस्या पर्दा कसरी समाधान गर्न सक्छ भनेर । त्यसैले सबै कुरालाई अबसरका रुपमा उपयोग गरौ । मेरो लागी अनि यो कुरा मनन गर्ने सबैका लागि ।।।