इटहरीमा एक नेपालीले साहस गरे, जुन अरु नेपालीले गर्न सकेका थिएनन् । नेताले जे गरेपनि चुपचाप लागेर बस्नुपर्छ, यो देशमा जे गर्नलाई पनि उनीहरुलाई छुट छ ? जनता बहिरो, अन्धो भएर नेताको आज्ञाकारी भएर बस्नुपर्छ, जे गरेपनि बोलेपनि ताली बजाउनुपर्छ भन्नेका लागि गतिलै झापड हो ।
एमालेका अध्यक्ष झलनाथ खनाल फूर्तिसाथ आफ्नो पार्टीका ‘नोकर’ (कार्यकर्तालाई नोकर मात्र ठानिन्छ भने कार्यकर्ता पनि चाकरीको मानसिकताभन्दा माथि उठेका छैनन्) बढाउन इटहरी पुगेका थिए । त्यही पार्टी प्रवेशको लाइनमा बसेका एक ‘नेपाली’ ले गालामा झाप्पु लगाइदिए । गाला रातो हुनेगरि । “लौ खा देश विगारेको उपलक्ष्यमा उपहार” ।
ति नेपाली थिए देविप्रसाद रेग्मी । राजनीतिक संस्कारको रुपमा हेर्दा रेग्मीको कामलाई नराम्रो मान्न सकिएला । तर जनतालाई भेडा मानेर देश विगार्न लागिपरेका सबै राजनीतिक दलका नेताले बुझ्न सके यो गतिलो झापड हो । जनताको माया पाउन गाउँ जानलाई त जनताको दुखःमा मलम लगाउन सक्नुपर्र्यो नि ? नत्र भने प्रत्येक नेताको हालत उही हो ।
तिमिहरुसँग कानुन हातैमा छ । पावर पनि छ होला रेग्मीलाई जेलमै पुर्याउछौ होला । तर होसियार यो जनआक्रोशको सुरुवात मात्र हो । अर्काको हात बाध्नु भन्दा पहिला आफ्ना गालाको फोहोर सफा गर्न लाग्ने कि ? किनकी जनताले हातले तिमीहरुको गालाको मैलो झार्न नपरोस् ।
हेर्दै जाओ न अव नेपाली जनताको आक्रोशले कसकसाको गाला रातो हुदै जाने हो ?