मिति : २०६६ जेष्ठ ६ गते
स्थान : कालोपुलको एक चियापसल
भरखरै मात्र एक दैनिक पत्रीकामा भारतको एक कफीपसलको बारेमा पढेको थिए । पत्रीकाले जनाएअनुसार पुरानो कफी पसल बन्द गर्न लाग्दा सर्वसाधारण्ाको विरोध । जुन पसलको बहसले थुप्रै नेताहरू उत्पादन गरीसकेको छ रे । म पनि नेपालको चिया पसलको नै कुरा कोट्याउदै थिए । हाम्रा चियापसल पनि भारतको भन्दा कम छैन । यहाका चिया पसलमा पनि तात्तातो बहस हुने गर्दछ । शायद त्यो चियाभन्दा धेरै तातो । त्यसैले त कुराकानीमा लागेपछि चिया सेलाएको पनि पत्तो हुदैन त हामीलार्इ ।भmन् पत्रकारका लागि त यस्तो चियापसल आप्mनो सम्पर्क बढाउँने कामका लागि ज्यादै फार्इदा हुुन्छ । त्यसैले घरमा चिया पिएपनि बाहीर त्यही ठाँउमा चिया नपिइकन चितै बुभ्mदैन होला । शनिबारको प्रशंग अलिकति फरक छ । यो बेला नयाँ सरकारका पक्ष्ा विपक्ष्ा बारे छलफल केन्द्रीत थियो । यसैबारे चर्काचर्कि बहस जारी थिए । त्यसैबेला सिमाना मिचिएको पनि कुरा उठ्यो । अनि फेरी पार्ट्टीगत विभाजन । फलानेले सर्मथन गर्यो पलानोले विरोध गर्यो । यस्तै............. यस्तै ........................।
त्यतीनै बेला एक अधबैशे (अन्दाजी ५५ वर्ष्ा ) जुरुक्क उठेर कराए । हामी नेपाली खत्तम भएर हाम्रो सिमाना मिचिएको रे ! हामी त भेडाजत्तीको पनि सचेत छैनौं रे । अनि उनले प्रशंग कोट्याए तिब्बती भेडाको, तिब्बतबाट किनेर ल्याएको भेडा कथम कदाचीत भाग्न पायो भने तिब्बत नै पुग्छ रे! बोर्डर कटाइसकेको भेडापनि बाटो खोज्दै त्यतै जान्छ रे † तर हामी नेपाली भेडाजत्तीको पनि राष्ट्रभक्त हुुन सकेनौ । 'यहाँको ( चिया पसलको) बहस त तात्तो न छारो †नेपाली चुपचाप भारतीय अतित्रmमण्ालार्इ स्विकार गदै पछि हट्दै छन् ।' उँहाको यो ओजपुर्ण्ा र आत्रmोस भनाइपछि त्यहाँका गफाडी भनाउँदा स्तब्ध भए । म पनि उठेर आप्mनो गतव्यतीर लागे । तर बाटोभरी यो कुरा मनमा खेलीरह्यो । भेडाको प्रशंगबारे म त जानकार होर्इन, उनले यो कुरा अनुभव भएर भने न बनाएर भने त्यसको अड्कलबाजी त गर्न सकीएन । तर उनको यो सम्पूर्ण्ा नेपालीको निरीहताप्रति व्यग्यले भने शिर भुmकाइदियो !!!
यत्रो भारतीय खुलेआम हस्तक्ष्ोपबाट लाखौ नेपाली दाजुभार्इ विस्थापित हुदा, भुमी लुटीदा, आमा दीदि बलाकृत हुदा हामीले के गर्यौ.... एकपटक गम्भीरतापूर्वक सोच्ने कि!!!
2066-02-06
10:30 AM
No comments:
Post a Comment