Pages

2012/02/25

सुख र दुख जीवनको दुइ पाटा

form : 321paleo.blogspot.com
भन्छन नि सुख र दुख जीवनको दुइ पाटा हो रे  । त्यसैले सुखमा भएका व्यक्तिका लागि पनि दुख आउछ नै दुखमा भएकाको भोली सुखी हुन सक्छ । मान्छे दुखी हुनु त सामान्य नै रैछ । त्यसले भोलिको सुखद भविश्यको सम्भावना देखाएको हुने छ ।

साथीहरु दुखमा आत्तिएको देख्दा मलाई लाग्छ उनीहरु यो कुरा किन बुझ्दैनन  कि दुख पनि सुख अबश्य आउछ भनेर । मैले एकदम स्टोङ ठानेको मान्छे पनि कति कमजोरसँग प्रस्तुत भइरहेका छन् म सँग । उनीहरु बुझ्न किन सक्दैनन् कि लाइफमा आउने दुखलाई झेल्दा आफै स्ट्रोङ बन्न सकिन्छ भन्ने कुरा ।

जीवनको गोरेटो सिधा छैन न त सहज नै छ । यसमा हिड्दै जादा खाल्टा खुल्टी, आरोह अवरोह आउनु सामान्यो हो । त्यो त भगवानले हामीलाई टेस्ट गरेका हुन् कि यो समस्या पर्दा कसरी समाधान गर्न सक्छ भनेर । त्यसैले सबै कुरालाई अबसरका रुपमा उपयोग गरौ । मेरो लागी अनि यो कुरा मनन गर्ने सबैका लागि ।।।

No comments:

Post a Comment