Pages

2011/02/01

लोडसेडिङको विरोधमा लालटीन समाचार

२०६७ को माघ महिना । नेपालीहरुले दैनिक ११ घण्टा लोडसेडिङको उपहार पाइरहेका छन् । यसबाट प्रभावित नबनेका सर्वसाधारण नेपाली को होला कुन्नी सम्पती कमाएर घरमा इन्भटर या जेनेटर राख्न सक्षम भएका धनाढ्य बाहेक ।
विस्तारै लोडसेडिङको विरोध हुन थालिसकेको छ । कुनै कुनै जिल्लामा त बन्दै समेत गरिसकेका छन् । विरोध गर्न आ-आफ्नै शैली होला । आफ्नो बुद्वी अनुसारको विरोध गर्ने न हो ।
लोडसेडिङको विरोधमा माघको १८ गतेदेखि एउटा गज्जबको विरोध शैली देखियो टेलीभिजनमा । हुन त यो लोडसेडिङले टेलिभिजन माध्यममा ठुलै प्रभाव पारेको होला । गत वर्षको १८ घण्टे लोडसेडिङमा प्रशारण नै कटौति गरेको टेलिभिजन मध्येको एक कान्तिपुर टेलिभिजनले लालटीन बालेर समाचार सुरु गरेको छ ।
बेलुकी सात बजेको समाचारमा स्टुडीयोका बत्ती निभाएर समाचार वाचकका अगाडी लालटीन बालेर समाचार बाचन गरिने छ । यसको सुरुवातमै अतिथिमा रुपमा बोलाइए उर्जा मन्त्री प्रकाशशरण महत्त । नेता न परे गफ गर्न के को कम गल्ती स्किारर्ने भन्दा अरुलाई दोष लगाउन खप्पिस ।
जे होस् कान्तिपुरले सुरु गरेको यो प्रतिकात्मक विरोध शैलीलाई पनि सकारात्मक हो । यसबाट हरेक दिन देशका नेता र नीति निर्मातालाई चेत खुलोस् ।

No comments:

Post a Comment