Pages

2009/08/31

माईला डट कम

कफिसपको तीन दिनको कहानी
माईला डट कम


काठमाडौ । सहरको एउटा ब्यस्त कफिसप । जहाँ विहानदेखि बेलुकीसम्म चिया, कफि, दुनोट, चिसो को ब्यापार हुन्छ । व्यापारमा सहभागी छन् २०/२२ वर्षी वँैशालु
साहुनी र किशोर माइला कामदारको रुपमा संलग्न छन् । पहिलो दिन साहुनी र कामदारको समन्धका बीच फरक देखा पर्छ तर दिन बित्दै जाँदा उनीहरूको सम्बन्धमा पनि परिवर्तन आउँछ । साहुनी र माइलाको सम्बन्ध दोस्रो दिन पहिलो दिनकोजस्तो रहँदैन । हाप कट्टु र मैलो टिर्सट लगाएको केटोले एक दिन पसल सफा गर्दा कुनै ग्राहकले छोडेको 'लभ ग्रेटिङ कार्ड' फेला पार्छ ।
'यो के हो -
कार्ड मा भएको अक्षर देखाउँदै माइलाले साहुनीलाई सोध्छ ।
'आई लभ यु भनेको '
साहुनीको यो सम्वाद सँगै माइलामा प्रेमको बीजारोपण हुन्छ । माइलाले दैनिकजसो दूधका प्याकेट खोल्न कैंची माग्छ सँगै साहुनीको प्रेम पनि ।साहुनीले मुस्कान र माइलाप्रति देखाएको सदासयतामा कामदार माईला र साहुनीको बुझाइ फरक/फरक हुन्छ । तेस्रो दिन यी दर्ुइको सम्बन्ध झन् अघि बढ्छ र एउटा विन्दु मा पुगेर सम्बन्धमा
पू र्ण्र्ाावराम लाग्छ।
यो ट्राजेडी बास्तविक भने होइन । यो त राधानीस्थित वर्ल्ड ट्रेड सेन्टरमा मञ्चन भइरहेको नाटक 'माइला डट कम' को कथानक हो । दयाहाङ र्राईले निर्देशन गरेको यो नाटक गत हप्तादेखि मञ्चन भइरहेको छ । सिर्जना सुब्बा साहुनी चरित्रमा र राजन खतिवडा माइलाको भूमिका निभाइरहेका छन् ।
एक वर्षगाडि नै तयार भएर मञ्चन हु ँदा पनि यस नाटक प्रशस्त चर्चा बटुलेको थियो । तर अघिल्लो वर्षमाइलाको भूमिकामा थिए रबिन पाण्डे । 'सडक दर्ुघटनामा परी पाण्डेको ज्यान गएपछि माइलाको अन्त्य भएन ।' नाटकको मञ्चन शुरु भएको दिन निर्देशक र्राई माइला डट कमको बास्तविक कथा सुनाउँदै थिए ।
करीब पचास मिनेटको नाटकमा थुप्रै घटना, संवाद, प्रसंग दोहोरिन्छन् । नाटक लेखन पनि आफैँले गरेका निर्देशक र्राई संवाद, प्रसंग प्रयोगका रुपमा जानजानी
दो होर्‍याएको बताउँछन्, 'धेरै रिपिटेसनहरू छन् जसरी हाम्रो जीवनमा घटनाहरू रिपिट हुन्छ र तिनको केही अर्थ नहुन पनि सक्छ ।'
माइला हाम्रै सहरको कथा हो । उनले सहरका गल्लीका होटलमा भेटिने माइलालाई टिपेर स्टेजमा ल्याएका छन् । अलि लठेब्रो स्वरमा प्रस्तुत भएका माइला र 'नक्कली' साहुनीबीचको यो 'लभस्टोरी' युनाइटेड वर्ल्ड ट्रेडसेन्टरमा भदौ महिनाभर - हप्ताको शुक्रबार, शनिबार र आइतबार) चल्नेछ ।
काभ्रेली किरण

No comments:

Post a Comment