Pages

2013/08/22

सहकारी जोगाउने ठेकेदार को ?

सहकारी भाग्यो भने भंगेरो टाउके अक्षरमा छाप्नुहुन्छ, हामीले कति राम्रा काम गरेका छौं त्यसको कुनै वास्ता छैनसहकारी नेताहरुले संचारकर्मी संचारमाध्यमलाई बारम्बार लगाउन आरोप हो यो यतिसम्म कि आज भोली सहकारीका नेताहरु संचारकर्मीलाई निजी बैंक तथा वित्तीय संस्थाबाट प्रायोजित संचालित भन्ने घटिया आरोप समेत लगाउन थालेका छन्
आजकाल कार्यक्रमहरुमा सहकारी नेताहरुको कुरा सुन्दा यस्तो लाग्छ कि आफुहरु मात्र सहकारी जोगाउने ठेकेदार हुन्, आम संचारमाध्यम संचारकर्मी सहकारीलाई सिध्याउन मात्र लागि परेका छन्
नेपाली संचारमाध्यममा सहकारी विषयले महत्व पाउन थालेको धेरै समय भएको छैन विषेश गरी जनआन्दोलन को सफलतापछि सुरु भएका आर्थिक विषयवस्तुमा आधारित संचारमाध्यमको दवदवाका कारण मुलधारका अन्य आम संचारमाध्यमले सहकारीलाई समेट्न थालेको हो अन्तरिम संविधानमा नै सहकारीलाई अर्थतन्त्रको आधारस्तम्भ स्विकार गरेपछि सहकारी उचाइ अझै चुलियो यसैकारण संचारमाध्यमले पनि सहकारीमा लागेका ठुलो जनसमुदायलाई छोड्न सकेन फलस्वरुप पछिल्लो समयमा सहकारी विषयमा संचारमाध्यममा स्थान पाउदै गयो
संचारमाध्यमको प्रकृती नै हो कि गलत कामलाई खबरदारी गर्ने सोही धर्मलाई निर्वाह गर्दै गलत काम गर्ने सहकारी तिनका संचालक विरुद्ध लेख्दा अभियानका नेताहरुको टाउको दुखाई किन ? के सहकारी नेताहरु सुधार चाहादैनन् ? उनीहरु संचारमाध्यमको आलोचनात्मक सुझाव सुनेर सुध्रन आवश्यक छैन प्रचलित नीतिगत उखान , भगवान मलाई मित्रदेखि बचाउ, शत्रुदेखि आफै बच्छु यसै भनाईलाई हेर्दा पनि सहकारी नेतृत्व संचारमाध्यमलाई किन सहन सकेका छैनन् त ? प्रश्न गम्भिर संचारमाध्यमले औल्याएको गल्ती सुधार गर्न उनीहरु तयार हुदैनन्, प्रकाशित, प्रसारित समाचार गलत हो भनेर पुष्टि गर्ने आधार नै , फगत संचारमाध्यमलाई गाली गरेर आफु चोखिन मात्र खोजिरहेका छन् यति कुनै संचारमाध्यमले गलत कुरा लेखेको , बोलेको भने कानुनी उपचारको बाटो खोज्नुहोस् , किन मिथ्या आरोपमा मात्र उत्रनुहुन्छ
प्रशंग रह्यो, सहकारीले गरेका राम्रा कामको बारेमा किन समाचार बन्दैन ? संचारकर्मीको आँखाले हेर्दा सहकारीले गरेका राम्रा कामको पनि धेरै समाचार आएका छन् तर, जुन रुपमा सहकारीकर्मीले चाहेका छन्, राम्रा कामको बारेमा पनि व्यानर न्यूज बनोस् भनेर सो स्थान पाउने हैसियतको काम सहकारीले गरेका छन् ? फेरी सहकारी संस्थाले आफु कत्तिको पारदर्शी भएका छन ? आफ्ना गतिविधि आमसंचारमाध्यममा पुर्याउन कत्तिको पहल गरेको छन् ? यसले पनि महत्वपूर्ण भूमिका खेल्दछ यसबारेमा किन बुझ्दैनन् सहकारीकर्मीहरु ?
हो, सकारात्मक कामको पनि समाचार बन्नुपर्छ जसको कारण राम्रो काम गर्ने सहकारीलाई प्रत्साहन मिलोस् तर संचारकर्मी आफै जादुको छडी होइन, जसले सबै किसिमका सुचनाहरु थाहा पाओस्, उसले जनताका सुचना आमसंचारमाध्यममा पुर्याउने मात्र हो त्यसैले लुकेका समाचार बाहिर ल्याउनका लागि सम्बन्धित पक्षले पनि पहल गर्नु आबश्यक संचारमाध्यम सर्वसाधारणलाई सुचना दिने सम्वाहक हो सकारात्मक समाचार दिने नाममा सहकारीको सबै गलत काम विर्सिएर संचारकर्मीहरु घाटीमा हारमोनियम भिरेर भजन गाउँदैनन्, सबैलाई चेतना भया  


2012/06/13

हटि होइन डटि लड्ने नेपालीको बानी हुन्छ..

आजकाल अधुरो रहेको सपनाहरु र त्यससगै बाकी रहेको केही झिना आशा र रहरसँगै  दिनहरु कटाइरहेको छु । जीवनमा सोचेअनुसार सफलता नपाएपछि मनभित्र जतिसुकै दरिलो सकारात्मक सोच राखेपनि बेलाबेलामा आफैलाई सम्हाल्न

गाउँमा जन्मिएर ‘ठुलो मान्छे’ बन्ने सपनासहित आफ्नो घर, बुबा, आमालाई छाडेर काठमाडौंको खाल्टोमा भासिएको मान्छे म । गाँउमा छउन्जेल म आफुले आफैलाई भाग्यमानी ठान्थे तर यो खाल्टोभित्र पसेसँगै कति सपना पुराभए होला कति सपना रहरै रहरमा चकनाचुर भइरहेका होलान्. ।

तर पनि जीवन त जिउनु छ नै । सकारात्मक सोचसहितका पाइला अगि बढाउदै । युद्वमा होमिएको व्यक्ति हार लिएर फर्किदैन भन्छन् । त्यसैले त भन्छन् हटि होइन डटि लड्ने नेपालीको बानी हुन्छ....

2012/05/24

Back Again...!!!


After some gap, crazy and sad things... me back to here.  With new energy.
ya indeed did write but never got a chance to post them out here..... Will post them out soon………….

2012/02/25

सुख र दुख जीवनको दुइ पाटा

form : 321paleo.blogspot.com
भन्छन नि सुख र दुख जीवनको दुइ पाटा हो रे  । त्यसैले सुखमा भएका व्यक्तिका लागि पनि दुख आउछ नै दुखमा भएकाको भोली सुखी हुन सक्छ । मान्छे दुखी हुनु त सामान्य नै रैछ । त्यसले भोलिको सुखद भविश्यको सम्भावना देखाएको हुने छ ।

साथीहरु दुखमा आत्तिएको देख्दा मलाई लाग्छ उनीहरु यो कुरा किन बुझ्दैनन  कि दुख पनि सुख अबश्य आउछ भनेर । मैले एकदम स्टोङ ठानेको मान्छे पनि कति कमजोरसँग प्रस्तुत भइरहेका छन् म सँग । उनीहरु बुझ्न किन सक्दैनन् कि लाइफमा आउने दुखलाई झेल्दा आफै स्ट्रोङ बन्न सकिन्छ भन्ने कुरा ।

जीवनको गोरेटो सिधा छैन न त सहज नै छ । यसमा हिड्दै जादा खाल्टा खुल्टी, आरोह अवरोह आउनु सामान्यो हो । त्यो त भगवानले हामीलाई टेस्ट गरेका हुन् कि यो समस्या पर्दा कसरी समाधान गर्न सक्छ भनेर । त्यसैले सबै कुरालाई अबसरका रुपमा उपयोग गरौ । मेरो लागी अनि यो कुरा मनन गर्ने सबैका लागि ।।।

2011/08/11

गजल

बल गरेर यो मनलाई मोड्न सकिन
तिमीसँग लाएको माया तोड्न सकिन

जहाँ जाउ जे गरौ पलपल आउछ तिम्रै सम्झना
तिम्रो त्यो मनमा मलाई खोज्न सकिन

हरपल हरक्षण लागिरहन्छ आशा
कमजोरी म मै होला तिमीलाई जोड्न सकिन

कहाँ कता हरायौ तिमी सम्झना मात्र बाकी छ
मनभरी पिडा लिएर पनि सोध्न सकिन

बल गरेर यो मनलाई मोड्न सकिन
तिमीसँग लाएको माया तोड्न सकिन